Copy from facebook

पत्नीले  श्रीमान् लाई म्यासेज गरिन् – “ अफिसबाट आउँदा जे मीठो लाग्छ त्यो सब्जी लिएर आउनु है । सब्जी सकिएको छ ।
अँ अनि सुन्नु त छिमेकी भाउजू आएर आज तपाईंको कम्ता गुन गाउनु भएन । तपाईंसँग धेरै खुसी हुनुहुँदो रहेछ ।”

पति – “उत्सुक हुँदै को भाउजू भन त ?”
पत्नी- “कोही भाउजू होइन मैंले त मेरो म्यासेज पढ्नु भयो कि भएन भनेर भाउजुको कुरो त्यतिकै उठाएको । नत्र भरै मैंले म्यासेज नै हेरिंन भन्न बेर छैन । म्यासेज पढ्नु भयो अब ढुक्क भएँ

अब कहानी अर्को मोडमा गयो ।

लोग्ने – “ त्यही त म छक्क परेको क्या । छिमेकी भाउजू यहाँ अफिसमैं आउनुभएको थियो अहिले पनि हामी सँगै छौं कसरी तिमीले हाम्रो घर जानुभयो भन्यौ त्यो सुनेर भाउजू र म हाँस्दै छौं”

पत्नी – “कहांँ छौ तिमीहरू अहिले ?”
पति– “अहिले त तरकारी बजारको छेउको रेस्टुरेन्टमा नास्ता खाँदैछौं ।”
पत्नी– “पर्ख त्यहीँ बस । म अहिले नै त्यहाँ आउँछु।”

10 मिनटपछि श्रीमतीले फोन गरिन् कहाँ छौ तिमीहरू ? म तरकारी बजारछेउमा आइपुगें ।

पति– “म त अफिसमै छु । भाउजुसाउजु कोही छैनन् । अब तरकारी बजार आइ त हालिछौ तरकारी किनेर आफैं लैजाउ”

कहानीमा फेरि अर्को मोड आयो ।

पत्नी– “ म त रिसको झोंकमा टेम्पो बोलाएर आएकी थिएँ । हतारमा पर्स घरैमा बिर्सिएर आएँछु । सब्जी किन्ने त कुरै भएन । टेम्पो भाडा पनि छैन । तपाईं छिट्टै तरकारी बजारमा आउनु परो ।”

पति – “ कस्ती बेवकूफ पर्स त बोकेर आउनु पर्छ नि । ल पर्ख म आइहालें”
(तरकारी बजारमा पुगेर) पति- “ म आएँ तरकारी बजारमा । तिमी कहांँ छौ ?”

पत्नी– “ म घरैमा छु । तपाईं भाउजुसँग रेस्टुरेन्टमा बस्नुभएको भए मलाई भाउजुसँग गफ गर्दैछु भनेर भन्नुहुन्नथ्यो । त्यसैले ढाँटेको थाहा पाइहालें । अर्को कुरा तपाईहरू सँगै भए पनि म त्यहाँ आउन्जेल छुटिहाल्थौ । त्यसैले म आइँन अनि आएँ भनेर घरैबाट थर्काएकी मात्रै हो ”
लु तरकारी बजार आइहाल्नु भयो तपाईंका मीठो लाग्ने तरकारी लिएर आउनु ।”
नैतिक ज्ञान- महिलासँग पुरुषले देउताका पालादेखि नसकेका यो कलियुगमा कसरी सक्नु ।

Leave a comment